७७ वर्षदेखि घाँटीमा गोली अड्किएको रहेछ भनेर थाहा पाउँदा ९५ वर्षका वृद्ध चकित
९५ वर्षका चीनका एक पूर्व सैनिकको घाँटीमा पछिल्लो ८ दशकदेखि एउटा गोली अड्किएको रहेछ । यो कुरा थाहा पाएर उनी स्वयं चकित परेका छन् ।
चीनको सानदोङमा रहेको घरको बाल्कोनीबाट ती पूर्व सैनिक झाओ हि एकाएक खसे । उनलाई खासै चोट लागेन । तर उनको परिवार निकै आत्तिएको थियो । तर केही समयपछि दोस्रो विश्वयुद्ध लडेका ती पूर्व सैनिकले आफ्नो घाँटीमा असहज महसुस गरे त्यसैले उनका छोराले के भएको रहेछ भनेर उनलाई अस्पताल लिएर गरे । उनी लडेको थाहा पाएपछि डाक्टरले उनलाई एक्स रे गर्न सुझाव दिए । घाँटीमा थोरै फ्र्याक्चर देखियो तर उनको घाँटीमा केही वस्तु पनि देखियो । पछि त्यो पुरानो गोली रहेको पत्ता लाग्यो ।
९५ वर्षका उनले डाक्टरसँगको कुराकानीमा किशोरावस्थामा आफू चिनियाँ सेनामा प्रवेश गरेको बताए । उनका अनुसार उनले दोस्रो विश्वयुद्ध (सन् १९३१–१९४५) मा जापानविरुद्ध लडेको र कोरियाली युद्ध (सन् १९५०–१९५३) का बेला उत्तर कोरियाको पक्षमा लडेका थिए । सेनामा रहँदा उनलाई थुप्रै चोट लाग्यो तर घाँटीमा गोली कहिले लाग्यो, त्यो सम्झनै सकेनन् ।
‘एकपटक युद्धका बेला घाइते सेनालाई बोकेर नदी पार गर्दै गर्दा उनलाई धेरै चोट लागेको थियो । त्यतिबेला उनको शरीरमा गोलीको छर्रा थिए,’ ती व्यक्तिका ज्वाईं, वाङले भने ।
झाओ आफैँले पनि घाँटीमा अड्किएको गोली सन् १९४४ मा खोला पार गर्नेबेला लागेको हो कि भनेर अनुमान गरे । यद्यपि, उनलाई ठ्याक्कै के भएको हो भनेर थाहै छैन ।
अडिटी सेन्ट्रलका अनुसार एक्स–रे जाँच गरिसकेपछि, डाक्टरहरूले झाओ हे र उनको परिवारलाई गोली केही प्रमुख रक्त नलीहरूको नजिक भएको र यसले उनलाई कुनै समस्या नदिएको हुनाले यसलाई यत्तिकै राख्नु राम्रो भएको बताए । यसमा उनी सहमत भए ।
‘म यत्तिका वर्षदेखि स्वस्थ छु त्यसैले यसमा केही परिवर्तन गर्नुपर्छ जस्तो मलाई लागेको छैन,’ झाओ हि ले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण