साम्राज्ञी र जीतुको ‘ह्यारी की प्यारी’ माघ २० मा रिलिज हुने
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको रोमान्स रहेको रहेको फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । अभिनेत्री साम्राज्ञीको जन्मदिनको अवसर पारेर निर्माण युनिटले शुक्रबार फिल्मको केही पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेका हुन् ।
सार्वजनिक पोस्टरमा अभिनेता जीतु र साम्राज्ञी नै देखिएका छन् । पोस्टरमा जीतु र साम्राज्ञी साइकलमा माइकिङ गर्दै हिँडेको देख्न सकिन्छ । साइकलमा माइकलाई रिवनले बाँधिएको छ । साम्राज्ञीको अगाडि लेडिज ब्याग र बुके समेत राखिएको छ । पोष्टरले दर्शकका उत्सुकता जगाउने देखिन्छ ।
बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएका फिल्ममा साम्राज्ञी र जीतुको अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ । फिल्ममा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा छ ।
डाक्टर कपिल रिजालको प्रस्तुति रहेको फिल्ममा रिजालै कथा तथा निर्देशन छ । पेसाले दन्त चिकित्सक डाक्टर रिजालले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्ममा डा. भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत र कविराज गहतराजको कोरियाग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति
-
बाल सुधार गृहको अवस्था दयनीय देखियो : सांसद श्रेष्ठ
-
सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा
-
बाल सुधार गृहलाई सुधार र पुनःस्थापना केन्द्रका रूपमा विकास गर्छौँ : मन्त्री वादी
-
आठ स्थानको सडक पूर्ण अवरुद्ध, २१ जिल्लामा गाडी चलाउन रोक
-
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण