आठ स्थानको सडक पूर्ण अवरुद्ध, २१ जिल्लामा गाडी चलाउन रोक
सारांश
- विभिन्न जिल्लामा लगातारको वर्षाले आठ स्थानको सडक पूर्णरुपमा अवरुद्ध पारेको छ ।
- कोशी नदीको पानीको सतह बढेर २५ वटा ढोका खोलिएको छ ।
- प्रशासनले २१ जिल्लाका जोखिमयुक्त ठाउँमा गाडी चलाउन रोक लगाएको छ ।
काठमाडौँ । साउन ३ गते साँझदेखि विभिन्न जिल्लामा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण बाढी र पहिरोको जोखिम रहेको भन्दै जोखिमपूर्ण ठाउँमा स्थानीय प्रशासनले सतर्कता अपनाएको छ ।
वर्षाका कारण आठ ठाउँको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा पूर्णरुपमा अवरुद्ध भएको कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले जानकारी दिए । कोशीमा पानीको सतह बढेर १ लाख ८७ हजार क्यूसेक पुगेको छ । कोशीको २५ वटा ढोका खोलिएको डीआईजी घिमिरेले बताए ।
अर्घाखाँचीको सालझण्डी ढोरपान सडक पूर्णरुपमा अवरुद्ध छ । प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको दुई ठाउँमा अरनिको राजमार्ग अवरुद्ध भएको छ । जिरोकिलो र ईकु पहिरोमा माथिबाट ढुङ्गा र लेदो खसेर सड्क अवरुद्ध भएको हो ।
कालिगण्डकी करिडोरको बाग्लुङस्थित जैमिनी नगरपालिका–८ बेलबगर खण्डमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । कान्ति लोकपथस्थित ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरमा पहिरोले सड्क अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर–२ मा लेदो सहितको माटो आएर त्रिशुली–मैलुङ–स्यफ्रुबेशी सड्क खण्ड अवरुद्ध भएको छ । रोल्पाको घोराहीसहित मार्गस्थित माडी गाउँपालिका–६ को हार्निङमा पहिरो खसेको छ । डडेलधुराको नवदुर्गा गाउँपालिका वडा नम्बर–१ स्थित कोरकट्टेस्थित पोखरा–बेलापुर भित्री सडक अवरुद्ध भएको छ ।
प्रशासनले २१ जिल्लाको जोखिमयुक्त ठाउँमा गाडी चलाउन रोक लगाएको छ । काभ्रेपलान्चोक र सिन्धुलीमा पर्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जे खण्डमा रातको समयमा गाडी चलाउन निषेध गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले रातोपाटीलाई बताए । सो खण्डमा असार ११ देखि नै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म आवतजावतमा रोक लगाइएको थियो । मकवानपुर जिल्लाको सिमानामा पर्ने कान्ति लोकपथमा साँझ ५ बजेपछि बिहान ५ बजेसम्म आवतजावत बन्द गरिएको छ ।
कोशी प्रदेशका इलाम, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, धनकुटा, पाँचथर र खोटाङका सबै सडकमा राति आवतजावत बन्द गरिएको छ । सोलुखुम्बुको सिद्धिचरण राजमार्ग र ओखलढुङ्गातर्फ जाने सडकमा सवारी सञ्चालन रोकिएको छ ।
बागमती प्रदेशका काभ्रे, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीमा रातको समयमा आवागमन बन्द गरिएको छ । काभ्रेमा बीपी राजमार्ग बाहेक अन्य सडकमा आवागमन सुचारु छ । नारायणणगढ–मुग्लिङ–काठमाडौँ सडकमा स्थानीय प्रशासनले मौसमको अवस्था हेरेर आवागमन सुचारु गर्दै आएको छ ।
गण्डकी प्रदेशका कास्की, गोरखा, स्याङ्जा, लमजुङ, बागलुङ र म्याग्दीबाट छुट्ने लामो दुरीका बस तथा अन्य सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा
-
टेकु गोली प्रकरण : लागुऔषध बोकेर आजै काठमाडौँ आएका थिए राज
-
धादिङमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द
-
नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्ने गरी आर्थिक क्रियाकलापलाई अघि बढाऔँ : राष्ट्रपति
-
उपाधि भिडन्तमा स्पेन र अर्जेन्टिना (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण