विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
सारांश
- फिफाले विश्वकप-२०२६ मा लागू गरिएको अनिवार्य जलपान विश्राम नियम प्रतियोगितापछि पुनरावलोकन गर्ने भएको छ।
- फिफाका प्रमुख फुटबल विकास अधिकारी आर्सेन वेङ्गरले यो नियमको प्रभावबारे विस्तृत मूल्याङ्कन गरिने बताए।
- चिसो मौसममा पनि यो नियम लागू गरिएकाले यसको आलोचना भएको थियो र विश्वकपपछि यसलाई निरन्तरता दिने वा हटाउनेबारे निर्णय गरिनेछ।
काठमाडौँ । फिफाले विश्वकप-२०२६ मा पहिलोपटक लागू गरिएको अनिवार्य हाइड्रेसन ब्रेक (जलपान विश्राम) नियम प्रतियोगितापछि पुनरावलोकन गर्ने जनाएको छ।
फिफाका प्रमुख फुटबल विकास अधिकारी आर्सेन वेङ्गरले विश्वकप फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा यसबारे निर्णय अझै नभइसकेको बताए ।
वेङ्गरले धेरै समर्थक हाइड्रेसन ब्रेकप्रति सन्तुष्ट नरहेको स्वीकार गर्दै विश्वकपपछि यसको प्रभावको विस्तृत मूल्याङ्कन गरिने बताए । उनका अनुसार यो नियमले खेलको नतिजामा उल्लेखनीय प्रभाव पारेको प्रमाण अहिलेसम्म फेला परेको छैन।
२०२६ विश्वकपमा प्रत्येक हाफको बीचमा अनिवार्य तीन मिनेटको हाइड्रेसन ब्रेक राखिएको थियो। तर चिसो मौसम वा वातानुकूलित रंगशालामा पनि यही नियम लागू गरिएकाले यसको व्यापक आलोचना भएको थियो। धेरै समर्थकले यसले खेलको लय बिगार्ने र टेलिभिजन विज्ञापनका लागि मात्र समय थपिएको आरोप लगाएका छन्।
यद्यपि फिफाले भने खेलाडीलाई गर्मीबाट जोगाउन यो व्यवस्था आवश्यक भएको जनाएको छ। अब विश्वकप सकिएपछि यसलाई निरन्तरता दिने वा हटाउनेबारे अन्तिम निर्णय गरिने वेङ्गरले स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयरका छाेरा नक्कली प्रमाणपत्र प्रकरणमा दाेषी ठहर, ६ महिना कैद
-
गाैरीघाटकाे बाढी बढ्दै, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ
-
देउवा पक्षीय नेतालाई चन्द्र भण्डारीले भने, ‘डेरा खोज्दै हिँड्ने होइन, सानेपामा आएर बहस गर्नुस्’
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द
-
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण