आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल

आइतबार, ०३ साउन २०८३, ११ : ४९
आइतबार, ०३ साउन २०८३

सारांश

  • पूर्वमन्त्री भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको निर्णय राष्ट्रघाती कदम भएको बताएका छन् ।
  • सरकारले असार ३२ गते सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हटाएर लु भ्याकुर गुम्बाको चित्र राख्ने निर्णय गरेको बाहिर आएको छ ।
  • रावलले यदि यो सत्य हो भने प्रधानमन्त्रीको अभिव्यक्ति पछिको यो अर्को घातक निर्णय भएको ठहरिने बताएका छन् ।

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपाका नेता भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको निर्णय अर्को राष्ट्रघाती कदम भएको बताएका छन् । 

‘सरकारले गत असार ३२ गते एक रुपैयाँको नेपाली सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटिएको नेपालको नक्सा हटाएर अमेरिकी सहयोगमा बनेको लु भ्याकुर भन्ने गुम्बाको चित्र राख्ने निर्णय गरी राष्ट्र बैंकलाई निर्देशन दिएको भन्ने कुरा बाहिर आएको छ’, रावलले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि यस्तो गरिएको हो भने प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिए पछिको अर्को गम्भीर राष्ट्रघाती र नेपालको भौगोलिक अखण्डताविरुद्धको घातक निर्णय गरिएको ठहरिनेछ ।’

नेता रावलले यसबारे राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल सरकारले जनतालाई तत्काल यथार्थ जानकारी गराउनुपर्ने पनि बताएका छन् ।

747612737_1011142988484104_8191267487656639391_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप