रुपन्देहीको शुद्धोधनबाट मदिरासहित दुईवटा गाडी प्रहरी नियन्त्रणमा
रुपन्देहीको शुद्धोधनबाट मदिरासहित दुईवटा गाडी नियन्त्रणमा लिइएको छ । प्रहरीले शुद्धोधनको वडा नम्बर १ बेलवा र वडा नम्बर ५ खजुरीयबाट मदिरासहित गाडी नियन्त्रणमा लिएको जनाएको हो ।
आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । निषेध गरिएको अवधिमा सुद्धोधन–१ बेलवामा शुक्रबार दिउँसो नम्बर नखुलेको गाडीसहित करिब १५ कार्टुन मदिरा नियन्त्रणमा लिएको छ भने शुद्धोधन ५ खजुरियाबाट लु १ च ९२१९ छोटाहात्ती गाडीसहित २६ कार्टुन मदिरा बरामद भएको छ ।
बरामद भएको मादिराको बाहिरी भागमा अन्तःशुल्क स्टिकर भए पनि भित्री बोतलमा स्टिकर रहेको छैन । बेलवामा बरामद मदिरा निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका अधिकृत विष्णु प्रसाद ज्ञवालीले नियन्त्रणमा लिई जिल्ला प्रहरी प्रमुखको आदेशमा इलाका प्रहरी कार्यालय रन्यौरा बुझाइएका छन् भने खजुरीयाको बरामद मदिरा ईलाका प्रहरी कार्यालय छपियामा राखिएको छ ।
स्थानीयले मदिरासहितको गाडी नियन्त्रणमा लिएपछि प्रशासनलाई खबर गरेका थिए । बरामद मदिरा र गाडीसहित आवश्यक कारबाही हुने प्रहरी अधिकृतहरूले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण