मंसिर ५ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ नियमित सेवा प्रभावित हुने
नेपाल नागरिक उड्डयन प्रधिकरणले मंसिर ५ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) गरिने भएको छ । यान्त्रिक परीक्षणका क्रममा पोखरा विमानस्थलको आन्तरिक उडान तालिका प्रभावित हुने भएको छ ।
विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार क्यालिब्रेसन फ्लाइटले पोखरामा १ हप्ता उडान प्रभावित हुने भएको हो । ‘अन्तर्राष्ट्रिय उडानका जाँच हुने भएपछि यहाँ एक हप्तासम्म दिउँसोका उडान बन्द हुने भएको हो,’ उनले भने ।
क्यालिब्रेसन उडानले पोखरा विमानस्थलमा २१ देखि २५ नोभेम्बरसम्म बिहान १० बजेदेखि १ बजेसम्म अन्य नियमित उडान बन्द हुनेछ । त्यसपछि साढे २ बजेदेखि साढे ५ बजेसम्म नियमित उडान नहुने सूचना अधिकारी सुवेदीले जानकारी दिए । उनका अनुसार २७ र २८ तारिखमा पनि सोही समयमा उडान बन्द हुनेछ ।
प्राधिकरणले क्यालिब्रेसन उडानका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ । परीक्षणका लागि प्राविधिक जनशक्तिसहित नेपालमा एरो थाईको जहाज ल्याइसकिएको छ । यो विशेष प्रकारको सानो जहाज हो । उक्त जहाजले उडान भर्ने उपकरण र उडान विधिको परीक्षण गर्नेछ । नयाँ विमानस्थलमा व्यावसायिक उडान गर्नुअघि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ ।
यो उडान अन्तर्गत विमानस्थलमा अवतरण र विमान उडानका साथै धावनमार्ग, टावर, रेडियो फ्रिक्वेन्सी, धावनमार्गका लाइटको एंगलिङ, कम्युनिकेसन र कन्ट्रोल टावरसँगसम्बन्ध बारेमा परीक्षण गरिनेछ । यहाँ भएका उपकरणले काम गरेका गरे/नगरेको जाँच गर्ने प्रक्रियालाई यान्त्रिक परीक्षण भनिन्छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख बिनेश मुनकर्मीका अनुसार एरो थाईको जहाजले एक साता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान गर्नेछ । यो उडानमा कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्समा जाँच गर्नेछ । क्यालिब्रेसन फ्लाइटको परीक्षण सफल भएपछि उडान र अवतरणको बाटो खुल्नेछ । यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रुट स्थापित गर्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण