डिल्लीबजार कारागारभित्रै रेशम चौधरीले गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, १२ : ४५
नागरिक उन्मुक्ति पार्टीका प्रमुख नेता रेशम चौधरीले डिल्लीबजार कारागार भित्रै मतदान गरेका छन् । थरुहट आन्दोलनका क्रममा नौ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका रेशमले आइतबार बिहान त्यहाँ अस्थायी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदान गरेपछि रेशमले भने, ‘जेलभित्र मतदान गर्न पाउँदा युद्ध जिते जस्तै भइरहेको छ ।’ डिल्लीबजार कारागारमा रहेका करिब ५ सय कैदीबन्दीले मतदान गरिएको बुझिएको छ ।
मतदाता नामावली भएका कैदीबन्दीले कारागारमा बनाइएको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण