महादीपदान गर्नेसँग शुल्क लिइँदैन : पशुपति क्षेत्र विकास कोष
मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन आज बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँग कुनै शुल्क नउठाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुल्क नलिने भए पनि केही मानिसले भक्तजनसँग शुल्क उठाउने गरेको सूचना पाएकाले महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाट रु एक हजार पाँच सय पाँचको रसिद काट्न आह्वान गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
आज रातभर आफैँ महादीपदान कुरेर बस्ने भक्तजनले कुनै शुल्क तिर्नुनपर्ने कोषले जनाएको छ । दीप कुरेर बस्ने भक्तजनसँग कसैले पैसा मागेमा प्रहरीलाई खबर गर्न पनि उनले अनुरोध गरे । यस्तो समूहलाई कानुनबमोजिम कारबाही गरिने छ । पशुपति क्षेत्रमा आज लाग्ने मेलाका लागि सबै तयारी पूरा भएको छ । मेलाको अघिल्लो दिन प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचन परेकाले शनिबार नै धेरै तयारीका काम सम्पन्न भइसकेको छ । बाँकी तयारीका काम आज बिहानैदेखि गर्न लागिएको हो । महादीपदान गर्न आउने भक्तजनलाई असुविधा नहुने गरी तयारी अघि बढाइएको छ ।
पशुपति क्षेत्रमा अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । दीपदानको पर्व भएकाले आगलागीको सम्भावित खतरा नियन्त्रणका लागि अग्नि नियन्त्रक यन्त्रको व्यवस्था गरिएको हो । यसैगरी महादीपदान गर्न आउने भक्तजनका लागि पर्याप्त मात्रामा त्रिपालको व्यवस्था गरिएको छ । भक्तजनलाई चिसो नहोस् भनेर गत वर्षभन्दा बढी त्रिपालको व्यवस्था गरिएको हो । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गर्न भक्तजनका लागि विभिन्न स्थानमा अस्थायी धाराको व्यवस्था पनि गरिएको छ ।
यसैगरी लाखौँ भक्तजनका लागि ठाउँठाउँमा अस्थायी शौचालय स्थापना गरिएको छ । बिहान बेलुका जाडो बढेकाले पशुपति क्षेत्रका विभिन्न स्थानमा धुनी जगाउन दाउराको व्यवस्था गरिएको छ । भष्मेश्वर, बोडेपाटी, रामन्दिर, बाहिरी पश्चिम मूल ढोकालगायत स्थानमा धुनी जगाइने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
दिवङ्गत पितृका नाममा आज बेलुकी महादीपदान गर्ने भक्तजनले भोलि बिहान सद्गतिको कामना गर्दै पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्नेछन् । पशुपति क्षेत्रमा लाग्ने वर्षभरका ठूला मेलामध्ये बाला चतुर्दशी मेला एक हो । यसका लागि सुरक्षाकर्मीको पर्याप्त मात्रामा व्यवस्था गरिएको छ । तीन तहमा सुरक्षाकर्मी राख्ने गरी व्यस्था गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
-
आज अन्तर्राष्ट्रिय योग दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण