तोलामा ६०० ले घट्यो सुनको मूल्य, चाँदीको भाउ पनि घट्यो
सोमबार, ०५ मङ्सिर २०७९, ११ : ३८
आज सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । संघ र प्रदेशको निर्वाचनपछि पहिलो पटक कारोबारमा आउँदा मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तोलामा ६०० रुपैयाँले घटेसँगै छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९८ हजार १०० र तेजाबी सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ थियो ।
गत साताको शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो । विहीबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९७ हाजर ५०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको जानकारी दिएको छ । यससँगै, चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण