शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मतगणना चलिरहँदा श्रीमती लिएर फिल्म हेर्न पुगे गगन थापा

सोमबार, ०५ मङ्सिर २०७९, १६ : ०८
सोमबार, ०५ मङ्सिर २०७९

काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना चलिरहेको बेला यसै क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भने फिल्म हेर्न हल पुगेका छन् । उनी सोमबार २ बजे श्रीमतीसहित दरबार मार्गस्थित क्यूएफएक्स दरबार मलमा फिल्म  हिन्दी फिल्म दृश्यम-२ हेर्न पुगेका छन् । 

थापाले आफू फिल्म हेर्न पुगेको जानकारी सामाजिक संजालमार्फत एक तस्बिर शेयर गर्दै जानकारी दिएका छन् । उनले लेखेका छन्– ‘धेरै दिनको दौडधुपपछि आजको फुर्सद ।’  काठमाडौं–४ मा जारी मतगणनामा थापाले फराकिलो अग्रता बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप