ओलीले प्रचण्डलाई फोन गरेपछि बामदेवले भने–‘दूरदृष्टि’
बिहीबार, ०८ मङ्सिर २०७९, १९ : १३
१
नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेकोमा खुसी व्यक्त गरेका छन् । ओलीले प्रचण्डलाई फोन गर्दै सहकार्यको प्रस्ताव गरेका हुन् ।
यसबारे प्रतिक्रिया दिँदै गौतमले ओलीले प्रचण्डलाई सहकार्यका लागि राखेको दूरदृष्टिपूर्ण प्रस्तावका लागि खुसी व्यक्त गर्दै ओलीलाई धन्यवाद दिएका छन् । गौतमले भनेका छन्, ‘कमरेड केपी ओली २०७९ को प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीको नेतृत्व गर्दै आफू पनि निर्वाचित हुन सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। यसका साथै कमरेड प्रचण्डसँग सहकार्यका लागि राख्नु भएको दूरदृष्टिपूर्ण प्रस्तावका लागि खुसी व्यक्त गर्दै हार्दिक हार्दिक धन्यवादसहित सफलताको शुभकामना दिन्छु। ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण