शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीले नपत्याएको सुरितालाई जनताले पत्याए

शुक्रबार, ०९ मङ्सिर २०७९, १२ : ३४
शुक्रबार, ०९ मङ्सिर २०७९

लोकतान्त्रिक समाजवादी पार्टीकी कार्यकारिणी सदस्य सुरिता साह मधेश प्रदेशका लागि प्रदेश सभा सदस्यमा चुनाव लड्ने भनि सुरुदेखि दावी गर्दै आइरहेकी थिइन् । 

२०७४ को चुनावमा प्रदेश सभामा भारी मतले जितेका सुरिता साह आफू पुनः चुनाव जित्ने भएकाले टिकटका लागि पार्टीमा दवाव बढाइरहेकी थिइन् । तर उनको दवावले पार्टीलाई कुनै असर गरेनन् । सत्ता गठबन्धनको तर्फबाट लोसपाले कांग्रेसका उम्मेदवार नागेश्वर यादवलाई टिकट दियो । 

त्यसपछि उनी लालटिन छाप लिएर महोत्तरी २ (ख) मा स्वतन्त्र उम्मेदवारी दिइन् । अन्तत उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नागेश्वर यादवलाई दुईहजार ३६६ मतको अन्तरले पराजित गरिन्। उनले आठ हजार ५६८ मत प्राप्त गरिन् भने कांग्रेसका उम्मेदवार नागेश्वर यादवले छहजार २०२ मत प्राप्त गरेका छन् ।

तत्कालिन मधेशी जनअधिकार फोरमबाट पहिलो संविधान सभा चुनावमा समानुपातिक संविधान सभा सदस्य भएकी सुरिता साह सूचना तथा सञ्चार राज्यमन्त्री पनि भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप