युक्रेनमा खटिएका सेनाका आमासँग पुटिनको भेट
‘हामी तपाइँको पीडा सेयर गर्दछौं’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लडिरहेका रुसी सैनिकका आमाहरूको समूहलाई भनेका छन् । ‘छोरो गुमाउनुको बदला केही पनि हुन सक्दैन’, उनले भने । धेरै आमाहरू क्रेमलिन समर्थक आन्दोलनका सदस्य हुन् ।
आलोचकहरूले उनीहरूलाई बैठकको लागि सावधानी पूर्वक चयन गरिएको बताएका छन् । युक्रेनमा रुसी हमलाको क्रेमलिनभित्र विरोध बढिरहेको छ । देशभरि सेवारत सैनिकहरूका आमाहरूको समूहले आफ्ना छोराहरूलाई कमजोर तालिम दिइएको र पर्याप्त हतियार उपलब्ध नगराइएको गुनासो गर्दै आएका छन् । विशेष गरी कडा चिसो जाडो सुरु भएसँगै पर्याप्त लुगाबिना युद्धमा पठाइएको उनीहरुले गुनासो गर्दै आएका छन् ।
२४ फेब्रुवरीमा सुरु भएको युद्धपछि करिब १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएका वा घाइते भएका अमेरिकी वरिष्ठ जनरल मार्क मिलिले दाबी गरेका छन् । रिजर्भ सेना परिचालन गर्ने कदममा गल्ती भएको दुई महिनाअघि क्रेमलिनले स्वीकार गरेको थियो ।
मस्को नजिकैको उनको निवासमा शुक्रबारको बैठकमा पुटिनलाई १७ आमाहरूको समूहसँग ठूलो टेबुलमा बसेका थिए । तिनीहरूमध्ये केहीले शोकको प्रतीकमा कालो हेडस्कार्फ लगाएका थिए ।
‘म तपाईंलाई यो भन्न चाहन्छु कि म व्यक्तिगत रूपमा र देशको सबै नेतृत्व यो पीडा सेयर गर्छौ’, राष्ट्रपतिले भने। उनले एउटी आमालाई उनको छोराले “आफ्नो लक्ष्य हासिल गरेको र व्यर्थमा नमेरको “ बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण