इलाम-१ (१) मा लिम्बु र (२) मा राई निर्वाचित
आइतबार, ११ मङ्सिर २०७९, २० : १०
इलाम क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एकिकृत समाजवादी)का खिनु लङ्वा लिम्बु र प्रदेशसभा २ मा नेपाली कांग्रेसका शमशेर राई निर्वाचित भएका छन् ।
प्रदेशसभा १ मा लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शोभा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गरेका छन् ।
लङ्वा प्रदेश नं १ सरकारमा संस्कृति तथा पर्यटनमन्त्री हुन् । एमालेका पराजुली सन्दकपुर गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा कांग्रेसका राईले १२ हजार ७७४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी एमालेका दीपककुमार थेवेले १२ हजार १३३ मत प्राप्त गरे ।
विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा राई रोङ गाउँपालिका अध्यक्ष तथा थेवे माइ नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण