फुटपाथ खाली गराउन थालेपछि व्यापारीद्वारा महानगरपालिका घेराउ
सोमबार, १२ मङ्सिर २०७९, १५ : ५५
विराटनगरकाे मुख्य व्यापारिक क्षेत्रमा रहेकाे फुटपाथ खाली गराउन थालेपछि व्यापारी आन्दोलनमा उत्रिएका छन् । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गराउन थालेपछि विराेध गर्दै व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा उत्रिएका व्यापारीले सोमबार महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिए । आफूहरुले फुटपाथ नमिचेको बताउँदै व्यापारीले निर्वाध रुपमा व्यापार गर्ने वातावरण बनाउन माग गरेका छन् । सहरको सौन्दर्यकरण वृद्धि गर्न र सर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने भन्दै महानगरपालिकाले शुक्रबारदेखि फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान सुरु गरेको थियो । महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्युनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण