बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

३.५ मिनेटमा म्याक्रोनी नबनेपछि कम्पनीविरुद्ध मुद्दा, महिलाले मागिन् ६६ करोड रुपैयाँ क्षतीपूर्ति

मङ्गलबार, १३ मङ्सिर २०७९, १६ : ०९
मङ्गलबार, १३ मङ्सिर २०७९

अमेरिकी खाद्य कम्पनी ‘द क्राफ्ट हेन्ज’ विरुद्ध एक महिलाले ५० लाख डलर अर्थात ६६ करोड रुपैयाँभन्दा बढीको मुद्दा दायर गरेकी छिन् । उक्त महिलाले कम्पनीको ‘वेलभिटा’ उत्पादनलाई लिएर नोभेम्बर १८ मा मियामी डिभिजनको जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । यस उत्पादनमा केही मिनेटमा नै तयार हुने चिजी इन्स्ट्यान्ट म्याक्रोनी दिइएको छ ।

३.५ मिनेटमा म्याक्रोनी नबनेपछि कम्पनीविरुद्ध मुद्दा दायर

चीजी इन्स्ट्यान्ट म्याक्रोनी उत्पादनमा, कम्पनीले यसलाई पकाउन ३.५ मिनेटको मात्रै समय लाग्छ भनी दाबी गरेको छ । महिलाले कम्पनीको दाबीलाई गलत बताउँदै म्याक्रोनी पाक्न ३.५ मिनेटभन्दा बढी समय लाग्ने बताइन् । कम्पनीले दिएको समयमा त म्याक्रोनी काँचै हुने पनि ती महिलाले बताइन् ।

झुटो विज्ञापनको आरोप

वासिङ्टन पोस्टका अनुसार फ्लोरिडाकी यी महिलाको नाम अमान्डा रामिरेज हो । अमान्डाले क्राफ्ट हेन्जले गलत विज्ञापन र भ्रामक जानकारीलाई बढावा दिएको आरोप लगाएकी छिन्। उनले म्याक्रोनी बनाउन थुप्रै स्पेप्स फलो गर्नुपर्ने बताइन् ।

क्राफ्ट हेन्जले म्याक्रोनीको प्याकेटमा जुन समय दिएको छ, त्यति समय त यसलाई माइक्रोवेबमा राख्न नै खर्च हुने उनले बताएकी छिन् । यद्यपि, कम्पनीले प्रोडक्ट प्याकेटमा म्याक्रोनी बनाउने पूरा प्रक्रियामा लाग्ने समयबारे कुनै जानकारी दिएको छैन । यसबारे कम्पनीले भनेको छ, ‘हामीलाई यस मुद्दाको जानकारी छ र अदालतमा अमान्डा रमिरेजको आरोपको बचाउ पनि गर्नेछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप