आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पारिजिता अमेरिकी द भ्वाइसको सेमिफाइनलमा प्रवेश

बुधबार, १४ मङ्सिर २०७९, ०७ : ५८
बुधबार, १४ मङ्सिर २०७९

अमेरिकी द भ्वाइसकी प्रतिभाशाली प्रतियोगी पारिजिता बाँस्तोलाले सेमिफाइनलमा प्रवेश गरेकी छिन् । 

नोभेम्बर २९ भएको घोषणामा २ जना बाहिरिएका छन् । पारिजिताले गायिका एलेसिया काराको स्कार्स टु योर ब्युटिफुल गीत प्रस्तुत गरेकी थिइन् । एलेसिया कारा क्यानाडेली गायिका तथा गीतकार हुन् । उनले  उनले आफ्नो गीत परिजिताले गाएपछि  बधाई दिएकी छिन । उनले पारिजिताको  प्रस्तुतिलाई सुन्दर र शानदार भन्दै प्रशंसा गरेकी छिन् ।

एक पछि अर्को चरणमा अद्वितीय प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वम्भर छरिएर रहेका नेपाली तथा विदेशीहरुले मत दिएको कारण सेमिफाइनल प्रवेश गरेकी हुन् ।  जन लेजेन्डको टोलीमा बस्ने उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम अमेरिकी हुन् ।

परिजितालाई थुप्रै नेपाली कलाकारहरुले समर्थन गरि सकेका छन् । परिजितालाई जिताउन नेपालका चर्चित हस्तीहरु मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह जोडी) गायक राम कृष्ण ढकाल ,गायिका कुन्ती मोक्तान तथा संगीतकार शिला बहादुर मोक्तान ,गायक निमा रुम्बा ,आस्था राउत ,वरिष्ट गायक रबिन शर्मा ,१९७४ एडीका एड्रीएन प्रधान ,चर्चित संचारकर्मी हरि शरण लामिछाने लगायतका कलाकारहरुको साथ रहेको छ । सबैले विश्वम्भर छरिएर रहेका संगीत प्रेमीहरुलाई मतदान गर्न आह्वान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप