को बन्लान् एकीकृत समाजवादी र जसपाबाट एक–एक जना समानुपातिक सांसद ?
प्रदेश १ मा समानुपातिक मतगणना अन्तिम चरणमा पुग्न लागेसँगै उक्त कोटाबाट को–को निर्वाचित होलान् भन्ने चासो बढेको छ । अब सुनसरीको ३ नम्बर निर्वाचन क्षेत्रको मात्रै समानुपातिक मतगणना बाँकी छ । अहिलेसम्मको मत परिणाममा प्रदेश १ मा नेकपा एमाले पहिलो, नेपाली काँग्रेस दोस्रो, राप्रपा तेस्रो, नेकपा माओवादी चौथो, जनता समाजवादी पाँचौं र नेकपा (एकीकृत समाजवादी) छैठौं स्थानमा छन् । अन्य पार्टीहरुले समानुपातिक तर्फ १.५ प्रतिशत (थ्रेस होल्ड) पार गरेका छैनन् ।
हालसम्म पाएको समानुपातिक मत अनुसार थ्रेस होल्ड कटाएर हिसाव गर्दा एमालेले ३८.३८ प्रतिशत, काँग्रेसले ३२.२९ प्रतिशत, राप्रपाले ११.६१ प्रतिशत, माओवादीले १०.८० प्रतिशत, जसपाले ३.५६ प्रतिशत र नेकपा एसले ३.३३ प्रतिशत मत ल्याएका छन् ।
उक्त मत प्रतिशतका आधारमा एमालेले १४, काँग्रेसले १२, राप्रपा र माओवादीले ४–४, जसपा र नेकपा एसले १–१ सांसद पाउनेछन् । अन्य एक जना सांसद भने मतपरिणामको अन्तिम अवस्था हुँदा निर्वाचन आयोगले टुंगो लगाउने छ ।
संविधानको व्यवस्था अनुसार सबै क्लस्टरबाट ५० प्रतिशत महिला सहभागीता अनिवार्य गराउनु पर्दछ । प्रदेशसभा सदस्य निर्वाचन नियमावली २०७४ अनुसार १ जना समानुपातिक सांसद पाउनेले आदिवासी जनजाति पठाउनु पर्दछ । जसपाले प्रत्यक्ष निर्वाचनमा एक जना पनि नजितेको कारण उसले पाउने एक समानुपातिक सदस्यमा आदिवासी जनजाति महिलाबाट पहिलो नम्बरमा रहेकी ताप्लेजुङकी निर्मला लिम्बू सांसद हुने देखिन्छ ।
यता, नेकपा एकीकृत समाजवादीले पनि पाउने एक समानुपातिक सांसद कोटामा उदयपुरकी गंगा कुमारी कार्की पर्ने देखिएको छ । कार्की खस आर्य महिला कोटाको एक नम्बरमा छिन् ।
नेकपा एकीकृत समाजवादीले जितेका प्रत्यक्ष ३ सिटमा तीन जना नै आदिवासी जनजाति राजेन्द्रकुमार राई (भोजपुर १), कमल जबेगु (पाँचथर १) र खिनु लङ्वा लिम्बू (इलाम १ (१)) छन् । ३३ प्रतिशत महिला पुर्याउने संवैधानिक प्रावधान अनुसार अब खस आर्य महिला कोटाको पहिलो नम्बरमा रहेकी कार्की नै निर्वाचित हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण