सुनसरी–४ (२) मा मन्सुरी विजयी
बुधबार, १४ मङ्सिर २०७९, २२ : ०९
सुनसरी क्षेत्र नं ४(२) मा लोकतान्त्रिक– वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी भएका छन् । आज साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मन्सुरी दुई हजार एक सय १५ मतान्तरले विजयी भएका हुन् । उनले नेकपा (एमाले) का हाजी अब्बास अन्सारीलाई पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृत तथा सुनसरी क्षेत्र नं ४ का निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।
मन्सुरीले १४ हजार तीन सय मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका अब्बास अन्सारीले १२ हजार एक सय ८५ प्राप्त गरेका छन् । विजयी भएका मन्सुरी मुस्लिम सङ्घ प्रदेश–१ का सभापति तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ४ का सदस्य हुन् । प्रदेशसभामा ३९ हजार सात सय २४ खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण