विष्णु पौडेल र गगन थापाको एउटै स्वर – अर्थतन्त्र संकटमा छ, समाधानमा लाग्नुपर्छ
राजनीतिक दलका नेताहरूले समेत अर्थतन्त्र समस्यामा रहेको बताउन थालेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिकोत्वसमा बोल्दै राजनीतिक दलका नेताहरूले अर्थतन्त्र समस्यामा रहेको स्वीकारेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले यतिबेला देशको अर्थतन्त्र समस्यामा रहेको बताएका हुन् । उनले हाल अर्थतन्त्रमा देखिएको समस्या अब बन्ने सरकारले समाधान गर्नुपर्ने बताए । ‘अहिले हामी समस्यामा छौं । तर, कसैलाई अत्याउने नभइ यसलाई समाधान गर्नतर्फ लाग्नुपर्छ,’ पौडेलले भने । उनले यतिबेला निजी क्षेत्रको मनोबल गिरेकाले त्यसलाई उठाउनुपर्ने समेत बताए ।
यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समेत अर्थतन्त्रमा समस्या रहेको बताए । उनले भने, ‘नेपालको अर्थतन्त्र समस्यामा छ । यसलाई समाधान गर्नुपर्छ ।’ अर्थतन्त्रमा देखिएको देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल निजी क्षेत्रलाई छलफलमा बोलाउनुपर्ने थापाको भनाइ छ । सरकार र निजी क्षेत्रले छलफल गरेर यसलाई समाधान गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण