लुम्बिनी प्रदेश : मंसिरभित्र सबै मन्त्रालय राजधानीमा सारिने
बिहीबार, १५ मङ्सिर २०७९, १२ : २४
लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागि रहेकाले यही मंसिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुुलबहादुर केसीले प्रदेश सरकार मातहतका सबै मन्त्रालयका लागि आवश्यक पर्ने पूर्वाधारसहित मुख्य सचिवको आवास व्यवस्थापनको काम भइसकेकाले निर्वाचन आचारसंहिता अन्त्य भएसँगै मन्त्रालयहरु राजधानीमा लैजाने तयारी सरकारले गरिरहेको बताए ।
उनले भने–‘ पूर्वाधार व्यवस्थापनको कामसहित सरकारले अस्थायी मुकाममा अवस्थित सबै मन्त्रालयहरू स्थायी राजधानी स्थानान्तरण गर्ने तयारी गरिरहेका छौँ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण