उद्योगका चाबी बैंकलाई बुझाउने चेतावनी
उद्योगी व्यवसायीले बैंकले बढाएको ब्याज नघटाए उद्योगको चावी बैंकलाई बुझाउने चेतावनी दिएका छन् । तिलोत्तमा उद्योग व्यापार संगठनले आयोजना गरेको दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै उनीहरुले बैंकको ब्याज नघटाए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने बताए । आन्दोलन अघि उद्योगको चावी बैंकहरुलाई बुझाउने उनीहरुको भनाइ छ ।
तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्योगीले उठाएका जायज मागलाई सरकारले समन्वय गरेर समाधान गर्नुपर्ने उल्लेख गरे । नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीले उद्योगीका समस्या समाधान गर्न पटक पटक अर्थमन्त्रालय र सरोकारवालाई ध्यानाकर्षण गराएको भन्दै तत्काल ब्याज नघटाए चरणबद्ध आन्दोलन थाल्ने बताए ।
कार्यक्रममा उद्योगी ब्यवसायीहरु गुणनिधि भण्डारी, अनिल ज्ञवाली, हेमलाल न्यौपाने, रोहितराज क्षेत्री लगायतले निर्वाचनका कारण उद्योगीको आन्दोलन स्थगित गरिएको भन्दै चुनाव सकिएकाले अब चर्को ब्याजबिरुद्ध आन्दोलन थाल्ने घोषणा गरे । महोत्सव मंसिर २६ गतेसम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त महाकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण