बैंकको उच्च ब्याजदरका विषयमा अन्तरक्रिया
बैँकहरूले हाल निर्धारण गरेको उच्च ब्याजदरका विषयमा मोरङको बेलबारीमा व्यवसायी, बैंक पदाधिकारी र नगरपालिकाबीच छलफल भएको छ । बेलबारी उद्योग वाणिज्य संघको पहल र बेलबारी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा व्यवसायीहरूले चर्को ब्याजदरको कारणले व्यवसाय दिनदिनै धरासयी बन्दै गएको गुनासो गरे ।
बेलबारीका व्यवसायीले उच्च बैँक ब्याजदर तथा प्रतिकूल बैकिङ नीतिबिरुद्ध यसअघि पनि विरोध जुलुस निकालेर विरोध गरेका थिए । व्यापार व्यवसाय चौपट भएको समयमा बैँकले व्याज वृद्धि गर्दा व्यवसाय थला परेको र उठ्नै नसक्ने गरि बोझ थपिएको बेलबारी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजेशजंग कार्कीले बताए । बैँकले बढाएको ब्याज तत्काल फिर्ता लिन र व्यवसायीलाई सहज किसिमले व्यवसाय गर्ने वातावरण मिलाउन उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवराज थापाले आग्रह गरे ।
बैंकले तत्काल ब्याजदर नघटाए स्थानीय स्तरमा रहेका सबै व्यवसाय ठप्प हुन सक्ने अवस्था रहेको उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रले बताए ।
कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले अहिले देखिएको समस्या स्थानीयस्तरको मात्र नभएर देशकै समस्या रहेकोले व्यवसायीका गुनासा तत्काल सहज गर्न सरकार समक्ष पहल गर्ने बताए । बैंकका प्रतिनिधिहरूले पनि बैंकको उच्च ब्याजदर विषयमा बैंक पनि चिन्तित रहेको र यस विषयमा राज्यको ठोस निर्णय आवश्यक रहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण