नेपालका लागि बेलायती राजदूतद्वारा लुम्बिनी भ्रमण
बिहीबार, १५ मङ्सिर २०७९, १९ : १५
नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटले आज लुम्बिनी भ्रमण गरेकी छन् । राजदूत निकोलालाई लुम्बिनी विकास विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानु राजा शाक्यसहितको टोलीले स्वागत गरेका थिए ।
उक्त अवसरमा राजदूत निकोलाले मायादेवी मन्दिर, शान्ति दीपको अवलोकन गर्दै राजदूतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि जाने विषयमा सकारात्मक रहेको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए । विश्वका बौद्ध भिक्षुणीहरूलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोच अनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको हो ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद् सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतको समेत सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण