प्रधानमन्त्रीमा कांग्रेसको दाबी स्वाभाविक : माओवादी नेत्री शर्मा
नेकपा (माओवादी केन्द्र)की नेत्री तथा दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको बताएकी छन् ।
रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठुलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी गर्नुलाई अस्वाभाविक मान्न नहुने बताइन् । उनले भनिन् अहिले दाबी गर्नुलाई अन्यथा मान्न मिल्दैन तर बाहिर भन्दा पार्टी र गठबन्धन भित्रबाट आउनु पर्ने पर्छ ,।
उनले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निर्णय पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टीकाटिप्पणी आवश्यक नरहेको बताइन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री दाबी रहने बताइन् । गठबन्धनकै सहमतिमा प्रधानमन्त्रीको टुंगो लाग्ने उनले बताइन् ।
पत्रकारको प्रश्नमा उनले पार्टीले जुन सुकै जिम्मेवारी दिए पनि आफू पूरा गर्न सक्षम रहेको दाबी गरिन् । गठबन्धनको सरकार रहेकोले अहिले नै यो मन्त्री त्यो मन्त्री भनी हाल्ने अवस्था नरहेको उनको तर्क थियो ।
नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई दाङबाट पराजित गर्नको लागि निकै मेहनत गठबन्धनका दलबाट समेत भएको बताउँदै गठबन्धन सफल भएको दाबी गरिन् ।
यता लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वमा भए पनि माओवादीको समर्थन र अग्रसरताले सम्भव भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण