आफ्नै घरको छतबाट खसेर भक्तपुरमा युवकको मृत्यु
शुक्रबार, १६ मङ्सिर २०७९, १२ : ३५
भक्तपुरको मध्यपुर थिमी नगरपालिका-६ मिलरोडमा आफ्नै घरको छतबाट खसेर एकजनाको युवकको ज्यान गएको छ । मिलरोडमा रहेको भुवन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौ तलाबाट खसेर उनका १७ वर्षीय छोरा भुमिनलाल श्रेष्ठको मृत्यु भएको हो ।
घरबाट खसेर छिमेकीको घर कम्पाउन्डमा पछारिएपछि उनी गम्भीर घाइते भएका थिए । घाइतेपछि उपचारका लागि नजिकैको नागरिक अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
परिसरका सूचना अधिकृत राजु पाण्डेले घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटी प्रारम्भिक अनुसन्धान गरिएकाले घटनाबारे थप जानकारी लिने काम भइरहेको बताए ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
-
कैदीबन्दीको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि थप
-
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
-
चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण