जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका एक युवकको मृत्यु
जुम्लास्थित विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ। कर्णाली प्रदेश प्रहरीका अनुसार बेहोस अवस्थामा भेटिएका युवकको उपचारको क्रममा मृत्यु भएको हो।
शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित विमानस्थलको पश्चिम तर्फको तार जालीभित्र कैलालीको टिकापुर नगरपालिका– ७ शतिगाउँका अन्दाजी २८÷२९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएका थिए।
बेहोस अवस्थामा फेला परेका जैसीको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको थियो। प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले बताए ।
प्रहरीका अनुसार उनले मदिरा सेवन गरेको पाइएको छ। मृतक जुम्ला घुमफिर गर्न आएको बुझिएको जोशीले बताए । यसबारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षकको कमाण्डमा एक टोली बनाइएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण