समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा वडा सदस्यको मृत्यु
आइतबार, १८ मङ्सिर २०७९, १० : २७
समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा एक जना जनप्रतिनिधिको निधन भएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ३ की वडा सदस्य माधुरी लोहारको समयमै प्रसूति सेवा नपाउँदा ज्यान गएको हो ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित लोहोरको सुत्केरी व्यथाले च्यापे पनि समयमा उपचार नपाउँदा निधन भएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए ।
यादवले सामाजिक सन्जालमा जानकारी दिँदै प्रसूति सेवाकै अभावमा महिला जनप्रतिनिधिले ज्यान गुमाउनु परेको उल्लेख गरेका छन् । मृतक लोहारलाई उपचारका लागि बुटवल लगिए पनि उपचार सम्भव नभएको उनले बताएका छन् । गाउँपालिकाका अध्यक्ष गोपाल थापाले लोहारको निधनले आफू दुःखी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त महाकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण