अमृत साइन्स क्याम्पसका प्रमुखको राजीनामा माग गर्दै उपकुलपतिलाई विद्यार्थीको पत्र
अमृत साइन्स क्याम्पस (अस्कल) का क्याम्पस प्रमुख डा.लोकबहादुर बरालको राजीनामा माग गर्दै विद्यार्थीहरूले उपकुलपतिलाई पत्र बुझाएका छन् । क्याम्पसका ६२६ जना विद्यार्थीले हस्ताक्षर गरेर त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.धर्मकान्त बाँस्कोटा र रेक्टर डा.शिवलाल भुसाललाई पत्र बुझाएका हुन् ।
डेढ वर्षदेखि क्याम्पसको नेतृत्व सम्हालेका क्याम्पस प्रमुख बराल क्याम्पस समेत नआउने गरेको उनीहरूको आरोप छ । क्याम्पस प्रशासनको सामान्य कामका लागि सहजीकरण गर्न नसकेको, क्याम्पसमा नियमित र कार्यालयमा समयमै उपस्थित नभएको उनीहरूको आरोप छ ।
क्याम्पसमा भएका कक्षाकोठा व्यवस्थापनका समस्या, प्रयोगशाला र पुस्तकालय पुनर्निर्माण एवं व्यवस्थापनका समस्याका विषयमा विद्यार्थीहरूले समेत पटक पटक जानकारी गराउँदा र दबाब दिँदा समेत कुनै सुनुवाई नगरेको उनीहरूको आरोप छ ।
कर्मचारीहरूबीच समन्वय र सहकार्य गर्न नसकेको, क्याम्पसको दिगो विकासका निम्ति कुनै पनि योजनाबद्ध रूपले कार्य गर्न नसकेको निष्कर्ष आफूहरूले निकालेको उनीहरूको भनाई छ । क्याम्पसको नेतृत्व सम्हाल्न नसक्दा स्वःस्फूर्त रूपमा राजीनामा माग गर्दा समेत राजीनामा दिन अस्वीकार गरेको भन्दै उनको राजीनामा गर्न सहजिकरण गरिदिन भन्दै उपकुलपति र रजिष्ट्रारलाई पत्र बुझाएका हुन् ।
पत्र बुझ्दै उपकुलपति बाँस्कोटाले विद्यार्थीका मागका विषयमा आफूहरू सकारात्मक रहेको प्रतिक्रिया दिए । विद्यार्थीले राखेका मागका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
क्याम्पस प्रमुख बरालले यसअघि क्याम्पसका आन्तरिक विषयहरू सञ्चारमाध्यममा सार्वजनिक गरेको भन्दै सहायक क्याम्पस प्रमुख रबिन्द्रसिंह महतलाई स्पष्टीकरण सोध्नुका साथै सहायक क्याम्पस प्रमुखको जिम्मेवारी खोसेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण