‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि सन्नीलाई
बेलायतमा आइतबार साँझ सम्पन्न तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि सन्नी शाहीले जितेकी छन् । शाहीले पब्लिक च्वाइस उपाधि समेत हात पारेकी हुन् ।
मिसेस् नेपाल युनिभर्स वीनर शाहीले बुल्गेरियामा हुने ४५ औं मिसेस् युनिभर्समा सहभागिता जनाउन पाउनेछिन् । शाहीलाई कार्यक्रमकी प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठ र सन् २०१८ की विजेता बिनु लामिछानेले ‘मिसेस् नेपाल युनिभर्स २०२२’ ताज पहिराइदिएका थिए ।
उक्त सौन्दर्य प्रतियोगितामा विमला बुढाथोकीले फष्ट रनर अप, रिना अधिकारी सेकेन्ड रनरअप, अन्जु बस्नेत र कविता खनाल थर्ड रनर अप र निष्मा बनले फोर्थ रनर अपको उपाधि प्राप्त गरेका छन् ।
यसैगरी बिनिता बस्नेतले वेष्ट स्माइल सब टाइटिल र मिसेस एन्जल हार्टको उपाधि प्राप्त गरिन् । सहभागीमध्येबाट वेष्ट कल्चरल ड्रेसमा हिना थापा, वेष्ट लर्नरमा प्रमिला केसी, वेष्ट पर्सनालिटीमा रिना अधिकारी, वेष्ट क्याटवाकमा श्रीजा डंगोल, मिसेस मोटिभेटरमा मिनु शाह, वेष्ट फिगरमा बिनिता अधिकारी खनाल, वेष्ट ब्युटीफुल फेसमा निष्मा बन, वेष्ट एक्टिङमा सविता श्रेष्ठ, वेष्ट कन्फिडेन्समा शोभा क्षेत्री, पब्लिक च्वाइसमा सन्नी शाही, मिसेस टयालेन्ट उपाधिमा विमला बुढाथोकी, ब्युटी फर चेन्जको उपाधि दुई प्रतियोगी अन्जु बस्नेत र कविता खनाल चयन भएका छन् ।
प्रतियोगीहरुको विभिन्न राउण्डलाई मूल्यांकन गरेर निर्णायक मण्डलले चयन गरेका थियो । ट्यालेन्ट राउण्ड भने अघिल्लो दिन नै सम्पन्न भएको थियो । उक्त दिन कल्चरल राउण्ड, सारी राउण्ड, गाउन र प्रश्न उत्तर राउण्ड, क्याटवाक लगायतका विषयमा सहभागी भएका थिए ।
प्रतियोगिताको निर्णायकमा विभिन्न क्षेत्रका व्यक्तिहरु स्वेता हुसेन, कन्चन डंगोल, दीपक थापा र कविता घर्तीमगर गुरुङ थिए । सो प्रतियोगितामा यसपटक चौध जना विवाहित सुन्दरीले सहभागिता जनाए थिए भने प्रतियोगिताको कोरियोग्राफी सन्तोषीले गरेकी हुन् ।
लन्डन फेसन हाउसकी निर्देशक डंगोलले ब्युटी फर चेन्जको गुडवील एम्बासडर सुनिता श्रेष्ठलाई घोषित गर्दै उनलाई ताज पहिराइदिएकी थिइन् । कार्यक्रममा सहभागिता जनाउने र सहयोग पुर्याउने सबैप्रति डंगोलले आभार प्रकट गरिन् । कार्यक्रमको लागि ठूलो मिहिनेत गरेको र यसलाई आगामी दिनमा अझ विस्तृत र परिस्कृत बनाउंदै लैजाने उनको धारणा छ ।
सुस्मिता थापाले सन्चालन गरेको उक्त कार्यक्रममा गायिका शर्मिला सांगीतिक प्रस्तुति दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण