हात्तीको आक्रमणबाट मोरङमा एकको मृत्यु
मङ्गलबार, २० मङ्सिर २०७९, १८ : ३६
मोरङको सुन्दरहरैचा–१० का ७३ वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मंगलबार मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट अजय बास्तोलाको मृत्यु भएको स्थानीय कमलादेवी अधिकारीले बताइन् ।
स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला अजय हात्तीको आक्रमणमा परेका थिए । श्रीमती जानुकासँग जङ्गल गएका बास्तोला हात्तीको आक्रमणमा परेपछि जानुकाले भने भागेर ज्यान जोगाएकी थिइन् ।
१ महिना यता उत्तर पूर्वी मोरङमा हात्तीले दैनिक जसो उपद्रो गरिरहेको त्यहाँका स्थानीय बताउँछन् । हुलका हुल आउने हात्तीले मिक्लाजुङ र लेटाङको ८ र ९ नम्बर वडामा बढी क्षति गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण