रोकिएन नेप्सेको ओरालो यात्रा, थप १६ अङ्कले माइनस
बुधबार, २१ मङ्सिर २०७९, १५ : ४२
लगातार ओरालो यात्रामा रहेको नेप्से सूचक आज पनि घट्न पुगेको छ । सोमबार २४ अङ्कमाथिले घटेर मंगलबार ४ अङ्कमा रोकिएको नेप्से सूचक आज थप १६.६१ अङ्कले घट्दै १९१७.२८ मा ओर्लिएको छ ।
यद्यपि, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ७० करोड भन्दा बढीले वृद्धि हुँदै आज १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको भएको छ । अघिल्लो दिन ४ अङ्कले नेप्से घटेको बजारमा ९६ करोड ५२ लाख १० हजार रुपैयाँ बराबरको २५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको थियो ।
आज होटल तथा पर्यटन समूहको उपसूचक झिनो (०.०१ प्रतिशत) ले मात्र बढ्दै अन्य १२ वटा उपसूचक ऋणात्मक भएका छन् । आज सबैभन्दा बढी खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयर धनीहरूले ६.०९ प्रतिशतले कमाएका छन् भने नेडप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण