रुपन्देहीमा १ सय ५६ जना उम्मेदवारको जमानत जफत
प्रतिनिधि सभातर्फ ५ र प्रदेश सभातर्फ १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा मंसिर ४ को निर्वाचनमा उम्मेदवार बनेका १ सय ५६ जनाको जमानत जफत भएको छ । निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत भन्दा कम मत ल्याएका कुल २ सय ३ जनामध्ये प्रदेश सभातर्फ ८३ जनाको र प्रतिनिधि सभातर्फ ७३ जना उम्मेदवारको जमानत जफत भएको हो ।
उम्मेदवारी दर्ता गराएर पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएको र ३ जनाको उम्मेदवारी खारेजी भएपछि रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाको नाम उम्मेदवारको अन्तिम नामावलीमा प्रकाशन भएको थियो । विभिन्न दलका तर्फबाट र स्वतन्त्र गरी प्रतिनिधि सभाका लागि ८८ जनाले उम्मेदवारी दिएका थिए भने ११४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए ।
रुपन्देहीमा मताधिकार भएका ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेकोमा ६७ दशमलव ८५ प्रतिशत मतदान भएको थियो । प्रदेश सभातर्फ ४ लाख ९ हजार ४ सय ९३ मत सदर भएको थियो भने प्रतिनिधी सभातर्फ ४ लाख ७ हजार ४ सय ५३ वटा सदर मत खसेको थियो ।
निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेको हकमा जमानत जफत हुन्छ । प्रतिस्पर्धी उम्मेदवार मध्ये रुपन्देहीबाट ४७ जनाले मात्र जमानत जोगाउन सफल भएका छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले जनही रु. १० हजार र प्रदेश सभा सदस्यको उम्मेदवारले जनही पाँच हजार जमानत (धरौटी) राख्नुपर्ने व्यवस्था रहेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण