सरकारमा जाने जनमत पार्टीको निर्णय

जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
आज बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको सो पार्टीका एक नेताले रातोपाटीलाई जानकारी दिए । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । संघमा सामान्य हेरफेर हुने देखिएको ती नेताले बताए । बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ ।
जनमत पार्टीले संघका लागि समानुपातिक नामको पनि टुङ्गो लगाएको छ । स्रोतका अनुसार आयोगमा पेस गरिएको समानुपातिक उम्मेदवारको बन्द सूचीअनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनीताकुमारी सिंह र गोमा सापकोटालाई समानुपातिक संसदमा चयन गरेको छ । उनीहरूको नाम निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्कटमा रहेको घडियाल गोहीको संरक्षण गर्दै बाँके राष्ट्रिय निकुञ्ज
-
राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय !
-
सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस
-
तोलामा १ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
-
मेस्सीद्वारा भूकम्पग्रस्त टर्की र सिरियालाई ३.५ मिलियन युरो सहयोग
-
चितवनमा शनिबारदेखि भेट्रान कप फुटबल