धमाधम सिंगारिँदै लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरी

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको व्यवस्थापनलाई तीव्र पारिएको छ । मुख्यमन्त्री कार्यालयका सामान बुटवलबाट देउखुरी सारिएलगत्तै स्थायी राजधानीको कार्यालयमा रंगरोगनका साथै सरसफाई थालिएको हो ।
राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही–भालुवाङ सडक खण्डको ठाउँ ठाउँमा स्वागत गेट निर्माण, प्रतिक्षालय रंगरोगन र सरसफाई धमाधम भइरहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
विशेषगरी भालुवाङ बजार, मौरीघाट क्षेत्र, पिपरी बजार, सिसहनियाँ बजार, सिंगेखोलालगायत क्षेत्रमा स्वागत गेटहरू निर्माण गरिएका छन् भने प्रतिक्षालयहरू पनि रंगरोगन गरिइको छ । राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा कार्यान्वयनका लागि मूल समितिसहित विभिन्न उपसमिति बनाएर जिम्मेवारीअनुसार काम गरिरहेको छ ।
जसमा श्यामेश चौधरीको संयोजकत्वमा गठित सरसफाई तथा सौन्दर्यकरण उपसमितिले पूर्व(पश्चिम राजमार्ग, नौ वटै वडा तथा टोलहरू सरसफाई गर्ने, प्रतिक्षालयहरू रंगरोगन गर्ने, स्वागत गेट बनाउने जिम्मा पाएको थियो । त्यही जिम्मेवारीअनुसार राप्ती उद्योग वाणिज्य संघ, सिसहनियाँ उद्योग वाणिज्य संघ, राप्ती गाउँपालिका, चेम्बर अफ कमर्स र भालुवाङ होटल व्यवसायी समितिहरूसँगको सहयोग तथा समन्वयमा राजधानी सिगार्ने काम भइरहेको छ ।
नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको सपथग्रहण तथा बैठक स्थायी राजधानी देउखुरीमा राख्ने तयारीमा प्रदेश सरकार जुटेको छ । अहिले प्रदेशसभा भवन निर्माण समेत अन्तिम चरणमा पुगेको छ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिबहादुर बस्नेत उर्जामन्त्री बन्दै
-
घट्यो स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ, गत वर्षभन्दा करिब २८ अर्बले कम
-
फेरि उकालो लाग्यो सुनको मूल्य, प्रतितोला १ लाख ९ हजार रुपैयाँ
-
झापामा बाढी र कटानको क्षति रोक्न बजेट अभाव
-
भारत: राम नवमीमा मन्दिर जाँदा इनारमा खसेर मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
-
धनुषामा श्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ