कालीकोटमा डोजर दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो
कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।
ज्यान गुमाउनेमा सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय चरित्र सार्की, १६ वर्षीय युवराज बुढा र रास्कोट नगरपालिका–७ का २२ वर्षीय मिलन शाही रहेका छन् । दुर्घटनामा परि शाहीसहित तीन जना घाइते भएकामा उनीहरुको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
यस्तै, घाइते खाँडाचक्र नगरपालिका–११ बराँतुगाउँका १४ वर्षीय आशीष भारती र विकास भारतीको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सवराज बमले जानकारी दिए ।
यस्तै तीन जना अझै बेपत्ता रहेका उनले बताए । बेपत्ता हुनेमा डोजर चालक अछामका कमल सोडारी, सान्नी त्रिवेणी गाउँपालिका–१ का १९ वर्षीय उमेश गिरी र १४ वर्षीय रक्तिम कार्की रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण