गाईघाटमा फुड फेस्टिबल हुने
उदयपुरको सदरमुकाम गाईघाटमा दोस्रो उदयपुर खाना तथा परिकार महोत्सव (फुड फेस्टिबल) हुने भएको छ । कला र संस्कृति संरक्षण, आन्तरिक पर्यटन प्रवर्द्धनमा पहुँच, परिवर्तन स्वरोजगार समृद्धिको मुल आधार भन्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।
प्रदेशस्तरीय दोस्रो खाना परिकार महोत्सव तथा लाखे नाच प्रतियोगिताको आयोजना गरिएको जनाएका छन । खाना तथा परिकार महोत्सवमा प्रदेशस्तरीय लाखे नाच र नेवा छमछमी सिजन ३ प्रतियोगिता हुने जनाएका छन ।
महोत्सवको मुख्य उद्देश्य छरिएर रहेको जातजातिहरूको पहिचान कला, भेषभुषा, रहन सहन, धार्मिक तथा सांस्कृतिक परम्परा, भाषा तथा साहित्यको पहिचान गर्न, जातजाति बीच सांस्कृतिक तथा धार्मिक सदभाव अभिवृद्धि गर्न, लोक संस्कृतिको उत्थान तथा जर्गेना गर्ने रहेको छ ।
खाना तथा परिकार महोत्सवमा ३० वटा जातीय खानाको स्टल रहने छन् । आउँदो पुस ४ देखि १० गते सम्म त्रियुगा नगरपालिका– ११ गाईघाट बजारको मूल चोकदेखि उत्तर, पिपल चोकदेखि दक्षिण बीचको सडकमा फुट फेस्टिबल आयोजना गरिएको झीगु नेवाः पुच र नेवा देय् दबु उदयपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण