प्रतिनिधिसभामा समानुपातिक तर्फ प्रदेश १ बाट परे १७ जना, झापाबाट मात्रै ७ जना
प्रतिनिधिसभामा समानुपातिक तर्फबाट दलहरूले सिफारिस गरेका ११० जनामध्ये १७ जना प्रदेश १ का परेका छन् । जसमा सबैभन्दा धेरै ७ जना झापाबाट परेका छन् । नेपाली काँग्रेसले ३२ समानुपातिक सांसदमा सरिता प्रसाई (झापा), सरस्वती बजिमय (खोटाङ), लीलादेवी बाखिम (लिम्बू) (ताप्लेजुङ), माया राई (भोजपुर) र कल्पना चौधरी (सुनसरी)लाई समानुपातिक तर्फबाट सांसद सिफारिस गरेको छ ।
यस्तै समानुपातिकतर्फ सबैभन्दा ठूलो दल नेकपा एमालेले प्रदेश १ बाट मात्रै ६ जनाको नाम सिफारिस गरेको छ । जसमा हेमराज राई (भोजपुर), कालुराम राई (झापा), उर्मिला थेवे (ताप्लेजुङ), सुनिता बराल (झापा), हर्कमाया विश्वकर्मा (झापा) र अमृत राजवंशी (झापा) रहेका छन् । एमालेले समानुपातिकमा ३४ जना सांसद सिफारिस गर्दा झापाबाट मात्रै ४ जनाको नाम सिफारिस गरेको हो ।
यता, माओवादी केन्द्रले सिफारिस गरेका १४ जनामध्ये भोजपुरबाट दुर्गा राईलाई मात्रै प्रदेश १ बाट सिफारिस गरेको छ । नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १३ सांसदमध्ये प्रदेश १ बाट ३ जनाको नाम प्रतिनिधिसभामा सिफारिस गरेको छ । जसमा इन्दिरा रानामगर (झापा), निशा डाँगी (झापा) र अशोककुमार चौधरी (सुनसरी इटहरी) रहेका छन् ।
यता, ५ जना समानुपातिक सांसद पाएको जसपाले प्रदेश १ बाट उदयपुरकी सुशीला श्रेष्ठको नाम सिफारिस गरेको छ । श्रेष्ठ उक्त पार्टीका नेता अशोक राईकी श्रीमती हुन् । समानुपातिकमा ७ सांसद पाएको र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको गृह प्रदेश भएपनि राप्रपाले प्रदेश १ बाट कोही पनि सिफारिस गरेको छैन । उता, ५ जना सांसद पाएको जनमत पार्टीले मोरङबाट सोनु मुर्मुलाई सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण