बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झापाबाट प्रतिनिधिसभामा मात्रै ११ जना सांसद, प्रदेशसभामा २० जनाको प्रतिनिधित्व

आइतबार, २५ मङ्सिर २०७९, १५ : १३
आइतबार, २५ मङ्सिर २०७९

झापाबाट प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक तथा प्रत्यक्षसमेत गरेर ३१ जना सांसद हुने भएका छन् । झापामा प्रतिनिधिसभामा ५ र प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको रहेका छन् । 
निर्वाचन आयोगमा राजनीतिक पार्टीहरुले समानुपातिक तर्फको बन्दसूचीमा रहेको नाम सिफारिस गर्ने क्रममा झापाकै उम्मेदवार प्राथमिकतामा परेको देखिएको छ । झापामा प्रतिनिधिसभामा पनि ६ जना सांसद सिफारिसमा परेका छन् भने समानुपातिकमा १० जना सिफारिस भएका छन् । 

झापामा प्रतिनिधिसभामा समानुपातिकतर्फ नेपाली काँग्रेसबाट सरिता प्रसाई, एमालेबाट कालुराम राई, सुनिता बराल, हर्कमाया विश्वकर्मा र अमृत राजवंशीलाई सिफारिस गरिएको छ ।  यस्तै नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १३ सांसदमध्ये झापाबाट इन्दिरा रानामगर र निशा डाँगीलाई सिफारिस गरेको छ । 

यता, प्रदेशको समानुपातिक तर्फ एमाले, काँग्रेस र राप्रपाले मात्रै झापाबाट तीन–तीन जनाको नाम सिफारिस गर्दा माओवादी केन्द्रले पनि १ जना सिफारिस गरेको छ । 
एमालेबाट प्रदेशसभा समानुपातिकमा झापाबाट पर्नेहरुमा कमला थापा मगर, तारादेवी ढकाल र नम्बरलाल धिमाल रहेका छन् । एमालेले प्रदेश १ प्रदेशसभामा १५ जना सांसद समानुपातिक तर्फबाट पाएको छ । १२ जना सांसद पाएको काँग्रेसले झापाबाट उद्धब थापा, मोहन महर्जन र लखिकुमारी गणेश सिफारिस गर्दा ४ जना समानुपातिक सांसद पाएको माओवादी केन्द्रबाट झापाकै बन्दना झाँगडलाई प्रदेशसभामा सिफारिस गरेको छ । 

यता, ४ जना समानुपातिक सांसद पाएको राप्रपाबाट प्रदेशसभामा झापाका मात्रै ३ जना परेका छन् । जसमा निमसरी राजवंशी, अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप