विनोद पहाडीलाई समाजसेवा पुरस्कार प्रदान
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित “कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार” संविधानसभा सदस्य विनोद पहाडीलाई प्रदान गरिएको छ । तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो ।
७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा शान्ति समाजद्वारा आइतबार बुटवलमा आयोजित कार्यक्रमका बीच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पहाडीलाई रु. १ लाख १० हजार पुरस्कार राशि र सम्मानपत्र प्रदान गरे ।
शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँड, वरिष्ठ पत्रकार डा बालकृष्ण चापागाई, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, वरिष्ठ उपसभापति सुशील बस्नेत, महासचिव रामकृष्ण बराल, पत्रकार महासंघ रूपन्देही सभापति रामराज पोखरेललगायतको सहभागिता थियो ।
पहाडी नेपाल राष्ट्रिय दलित संघको संस्थापक अध्यक्षसमेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण