मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ओली र केसीबीच बालकोटमा २ घण्टा वार्ता

सोमबार, २६ मङ्सिर २०७९, ०८ : ५८
सोमबार, २६ मङ्सिर २०७९

नेपाली कांग्रेसका नवनिर्वाचित सांसद अर्जुन नरसिंह केसी नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आइतबार साँझ दुई नेताबीच करिब २ घण्टा वार्ता भएको हो ।

ओलीको निमन्त्रणामा केसी बालकोट पुगेको थिए । भेटमा दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिइएको छ ।  त्यस्तै नयाँ सरकार गठन र अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरूबीच एकता र सहकार्य खाँचो रहेकोमा दुई नेता सहमत भएको नेता केसीले बताएका छन् ।

जनजीविकाका सवालमा उठेका आवाजहरू सामूहिक रूपमा समाधान गर्ने पनि दुई नेताले प्रतिबद्धता जनाएका थिए । यसको साथै द्वन्द्वकालीन मुद्दाहरू किनारा लगाउने सहमति भएको केसीको भनाइ छ । 

भेटमा चुच्चे नक्सा अनुसारको भूगोल नेपालको हुनुपर्ने भारतीय पक्षसँग वार्ता गर्न दलहरू एकमत हुने विषयमा छलफल भएको  थियो । भ्रष्टाचारविरुद्ध एक भई लड्ने प्रतिबद्धता समेत दुई नेताले जनाएका थिए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्ने दुई नेताको जोड रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप