बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय परिचयपत्रका लागि दुई लाख ९० हजारको विवरण सङ्कलन

सोमबार, २६ मङ्सिर २०७९, २० : १०
सोमबार, २६ मङ्सिर २०७९

राष्ट्रिय परिचयपत्रका लागि मोरङमा दुई लाख ९० हजार जनाको विवरण सङ्कलन गरिएको छ । गत कात्तिकदेखि यहाँका एक महानगरसहित १७ पालिकामा विवरण सङ्कलन गर्न सुरु गरिएको थियो । 

बेलबारी, सुन्दरहरैंचा, बुढीगङ्गा र विराटनगर महानगरपालिकाबाहेक सबै पालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम सम्पन्न भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार देशभरका ३५ जिल्लाका ९६ लाखको विवरण सङ्कलन भइसकेको छ ।

मोरङको बेलबारी नगरपालिकामा आज आयोजित राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अभियानसम्बन्धी अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रिय परिचयपत्र निकै महत्वपूर्ण हुने भनिएकाले यस्तो अभियानमा सरिक हुन आग्रह गरे ।

 उनले जिल्ला प्रशासन कार्यालयमा दैनिक सात सय मानिसलाई राहदानी, सिफारिस, नागरिकता तथा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप