विपन्न विद्यार्थीलाई तीन लाखको सहयोग प्रदान
नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनील शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेका छन् । चुनावका बेला गरेको बाचा पुरा गर्दै डा.शर्माले आफू निर्वाचित भएपछि व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीनवटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् ।
सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबरको सहयोग प्रदान गरेको विद्यालयका प्रधानाध्यापक दिलकुमार श्रेष्ठले बताए । कक्षा ५ सम्म पढाइ हुँदै आएको सो विद्यालयमा १६९ विद्यार्थी अध्ययनरत छन् । त्यहाँ अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्ने गर्छन् ।
विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूलाई डा.शर्माले एकसरो न्यानो कपडा, छ/छ थान कपी र १०/१० वटा कलम प्रदान गरेका हुन् । त्यस्तै, विद्यार्थीको पढाइमा सहजताका लागि बाल विकास केन्द्रको एउटा कोठा र कक्षा एकको दुई वटा कोठामा बाक्लो कार्पेट पनि बिच्छाइएको हो ।
सहयोग प्रदान गर्न विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सांसद शर्माका बुवाआमा लोकनाथ र होमादेवी न्यौपानेले छोराको तर्फबाट विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेका छन् । चुनावको बाचा अनुरुप विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएको सांसद शर्माकी धर्मपत्नी एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले बताइन् । शर्मा दम्पतीको वैवाहिक बर्षगाँठको अवसर पारेर सहयोग प्रदान गरिएको हो ।
डा.शर्माले चुनावका बेला गरेका बाचा भटाभट पुरा गर्दै गरिरहेका छन् । चुनावी बाचा अनरुप उनले आफू निर्वाचित भएको भोलिपल्टै नोबेल अस्पतालमा ५० शैयाको क्याविन चुनावी क्षेत्रका जनतालाई निःशुल्क प्रयोगका लागि छुट्याइदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण