नवलपरासीका खोलाहरूमा अवैध उत्खनन बढ्यो, नियमनकारी निकाय मुखदर्शक

पश्चिम नवलपरासीका खोलाहरूबाट अवैध चोरी निकासी बढेको छ । जिल्लाका खोलाहरूमा वैधानिक रुपमा ठेक्का लाग्न अझै बाँकी रहे पनि स्थानीय गिट्टी बालुवा तस्करहरू दिनरात अवैध उत्खनन गरि नदी जन्य पदार्थको चोरी निकासी गरेको पाइएको छ ।
तस्करहरु दिनदहाडै नदीहरुमा टैक्टरट्राली हाली अवैध रुपमा नदीजन्य पदार्थहरु ओसारपसार गरि बिक्री वितरण गरिरहेका छन् । जिल्लाको नारायणी (गण्डक) नदी, खजुरा खोला, रायपुरा खोला, तुरिया खोला, भलुही खेला, झरही खोलाहरुमा स्थानीय खोला तस्करहरुले अवैध उत्खनन गरि ढुंगा, गिट्टीबालुवा, मिस्कट, भस्कट निकाली बिक्री वितरण गरिरहेको स्थानीयले आरोप लगाएका छन् ।
जिल्लाका नदीहरुमा यसरी व्यापक रुपमा अवैध उत्खनन भैरहे पनि नत्र प्रहरी प्रशासनले रोकेको छ नत्र जिल्ला समन्वय र पालिकाहरुले नै रोकछेक गरेका छन् । खोला तस्करहरु नदीबाट दिनहुँ सोझै करिब १०० ट्राली नदीजन्य पदार्थ निकाली बिक्री वितरण गरिरहेका छन् । अधिकांश खोला तस्करहरुले निकाले अवैध पदार्थ ठाउँठाउँमा स्टक गरि चाँग पनि लगाएका छन्, तर यस्तालाई नियमन गर्ने ठाउँमा सम्बन्धित नियकाहरु मुखदर्शक बनि तमासा देखिरहेका छन् । 'यसरी दिनहुँ लाखाै रुपियाको राजस्व गुमिरहँदा पनि सम्बन्धित निकायको आँखा किन नपुगेकाे हाे ? रामग्राम १५ का स्थानीय बबुल्लाह मिँयाले प्रश्न गरे । उनले भने, 'डिघवल घिनहाँ हुदै बगेको तुरिया खोलामा दिनहुँ व्यापक मात्रामा भस्कट, बालुवा निकासी भैरहेछ तर वडा, पालिका र प्रहरीले कुनै रोकछेक गरेको पाईदैन । के यसमा उनीहरुको मिलोमतो हो कि ?'
यस्तै नारायणी नदी र तुरिया, झरही खोलाहरुमा अरु खोलाभन्दा बढि मात्रामा अवैध रुपमा नदीजन्य पदार्थहरु चोरी भैरहेको स्थानीय भन्छन् । जिल्लाका यी खोलाहरुमा वैधानिक रुपमा ठेक्का आव्हान गरि खोलाको ठेक्का लगाउन पालिकाहरु पनि ढिलाइ गरिरहेका छन् । खोलामा ठेक्का नलागेकै कारण चोरी तस्करी बढेको स्थानीयको निस्कर्ष छ । खोलाबाट अवैध रुपमा जथाभाबी उत्खननले बन विनाश, खोलाको श्रोत मासिने, ठुला ठुला खाल्डाहरु हुने र वर्षामा बाढीको जोखिम बढ्दै जाने स्थानीयको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार नेपाली मृत फेला परेपछि अमेरिकामा शोकमा डुब्यो नेपाली समुदाय
-
हरेक चाडपर्वहरूको ऐतिहासिक र विशिष्ट महत्त्व हुने गर्दछ : अध्यक्ष प्रचण्ड
-
१५औं सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता धनगढीमा सुरु
-
असार ९ मा न्याय परिषदको एक सदस्य रिक्त हुँदै, सर्वोच्चको न्यायाधीश नियुक्तिमा अझै अन्योल
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना