निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने
मङ्गलबार, २७ मङ्सिर २०७९, ०९ : २७
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली सार्वजनिक हुनेछ ।
आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५(५ सिट पाएका छन् ।
प्रत्यक्षतर्फको नतिजा यसअघिको सार्वजनिक भइसकेको छ । समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएसँगै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अन्तिम परिणाम बुझाउनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण