आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले आह्वान गरे युक्रेनको समर्थनमा अन्तर्राष्ट्रिय सम्मेलन

मङ्गलबार, २७ मङ्सिर २०७९, १० : ३८
मङ्गलबार, २७ मङ्सिर २०७९

फ्रान्सले युक्रेनको क्षतिग्रस्त पूर्वाधारको मर्मतका लागि सामग्री र पैसा जुटाउनका साथै रुसविरुद्ध किभको लडाइमा पेरिसको जारी समर्थनलाई जोड दिने उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलन आह्वान गरेका छन् । 

युक्रेन युद्धको बारेमा ताजा टिप्पणीपछि किभमा विवादमा तानिइरहेका बेला फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले राजनीतिज्ञहरू,  ब्लु–चिप कम्पनीहरू र सहायता निकायहरूको भेला मंगलबार आह्वान गरेका हुन् । 

म्याक्रोनले डिसेम्बर ३ मा एक अन्तर्वार्ताको क्रममा रसियालाई युद्धको अन्त्यमा ‘सुरक्षा ग्यारेन्टी’ प्रस्ताव गर्न आह्वान गरेका थिए, जसको केही युक्रेनी र पूर्वी युरोपेली राजनीतिज्ञहरूले आलोचना गरेका थिए । 

फ्रान्सेली नेता र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच आइतबार टेलिफोन संवाद भएको थियो ।  फ्रान्सेली राष्ट्रपति कार्यालयका अनुसार म्याक्रोनले ‘राष्ट्रपति जेलेन्स्कीलाई युक्रेनले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई पूर्ण रूपमा पुनर्स्थापित गर्न आवश्यक भएसम्म फ्रान्सको समर्थनमा भर पर्न सक्ने स्मरण ’ गराएका थिए । 

‘युक्रेनी जनतासँग ऐक्यबद्धता’ नाम दिइएको उक्त सम्मेलनको पहिलो भागलाई दुवै नेताले सम्बोधन गर्ने कार्यक्रम छ । म्याक्रोन व्यक्तिगत रूपमा र जेलेन्स्की भिडियो लिंकमार्फत सम्बोधन गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप