प्रदेश १ मन्त्रिपरिषद् बैठक : प्रादेशिक आयुर्वेद अस्पतालको दरबन्दी स्वीकृत
मङ्गलबार, २७ मङ्सिर २०७९, ११ : ४०
प्रदेश नम्बर १ को मन्त्रिपरिषद् बैठकले प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यस्तै ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाईको संगठन संरचना र दरबन्दी पनि प्रदेश सरकारले स्वीकृत गरेको छ ।
विराटनगरस्थित मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार बैठकले आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तन सम्बन्धी आयोजनाको प्रस्ताव संघीय अर्थ मन्त्रालय समक्ष पेस गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले प्रदेश १ लैङ्गिक समानता नीति, २०७९, र प्रदेश १ सामाजिक समावेशीकरण नीति २०७९ पनि स्वीकृत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण