टिकटक लाइभमा अभिनेत्री सुष्माको अश्लील गाली
पछिल्लो समय कलाकारहरुका लागि सामाजिक संजाल टिकटक आम्दानीको राम्रो माध्यम समेत बनेको छ । टिकटक लाईभमा बसेर कलाकारले राम्रो आम्दानी गरेको समाचार बेला बेलामा सार्वजनिक भएको विषय हो ।
त्यतिमात्र कहाँ हो र, टिकटकबाट कलाकारितामा थुप्रै भित्रिएका छन् । यसले कलाकार जन्माउने काम समेत गरेको छ । यही टिकटक कहिलेकाही कलाक्षेत्रलाई लज्जित बनाउने माध्यम समेत बनेको छ । जसको जल्दो बल्दो उदाहरण अभिनेत्री सुस्मा कार्कीको पछिल्लो टिकटक लाईभलाई लिन सकिन्छ ।
हालै उनले टिकटक लाइभको क्रममा अश्लील शब्द बोलेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । भल्गर शो ‘ब्लाइन्ड डेट’ की पूर्व विजेता सिलु पोखरेलसँग टिकटकमा लाइभ गेम खेल्ने क्रममा आफू हारेपछि सुष्माले अश्लील गाली गरेकी हुन् । जसले गर्दा यतिबेला सुष्मा गालीको पात्र बनेकी छन् ।
कलाकार भएपछि समाजप्रतिको जिम्मेवारी र उत्तरदायित्व भुल्नु हुँदैन । तर, सुस्माको पछिल्लो गालीले भने उनले जिम्मेवारी र उत्तरदायित्व भुलेको आभास हुन्छ ।
हुन त सुष्मा विवादमा धेरै छाउने अभिनेत्री हुन् । उनी आफैं चर्चा र विवादमा आउन विभिन्न हत्कण्डा अपनाउँछिन् । पछिल्लो केही बर्षयता उनी फुर्सदिलो छिन् । हातमा फिल्म छैन । त्यसैले आजकाल उनको दैनिकी टिकटक लाइभमै बसेर बित्ने गरेको छ । सेलिब्रेटी भएको फाइदा उठाउँदै टिकटक लाइभ माफर्त डलर समेत कमाउने गरेकी छन् । टिकटक लाईभका कलाकारले के बोल्ने के नबोल्ने उनले ख्याल गरेको भने देखिन्नँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण