शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश संसदीय दलमा देउवा पक्षबीच नै रस्साकस्सी, कोइराला–थापा पक्ष निर्णायक

बुधबार, २८ मङ्सिर २०७९, १० : ५४
बुधबार, २८ मङ्सिर २०७९

नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा पक्षबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट निर्वाचित सांसदको अङ्कगणितले ७ मध्ये ६ प्रदेशमा देउवा पक्षमै भिडन्त हुने देखाउँछ । 

प्रदेश १, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश संसदीय दलमा देउवा पक्षको भारी बहुमत छ । ०७४ मा प्रदेश १ र गण्डकी प्रदेश संसदीय दलको नेता जितेको देउवाइतर पक्ष यसपटक सबैजसो प्रदेशमा खुम्चिएका छन् । गण्डकी प्रदेशमा पनि शेखर कोइराला–गगन थापा पक्षले संसदीय दलको चुनाव हुँदा जित्ने निश्चित छैन । यद्यपि देउवा पक्षबीच नै भिडन्त हुँदा कोइराला–थापा पक्ष जित–हारमा निर्णायक हुने प्रदेश संसदीय दलले गणितले देखाउँछ । 

पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर सबै प्रदेशमा सर्वसम्मतबाट दलको नेता चयनमा जानुपर्ने कांग्रेस नेताहरू बताउँछन् । तर देउवा पक्ष एकआपसमा भिड्ने अवस्थामा कोइराला–थापा पक्ष कसरी प्रस्तुत हुन्छ भनेर चासोका साथ हेरिएको छ ।

अर्याल र थापाको मुख्य दाबेदारी

कांग्रेसभित्र प्रदेश १ मा संसदीय दलको नेताका लागि आकाङ्क्षी सांसदले लबिङ गरिरहेका छन् । कांग्रेसका केन्द्रीय सदस्यद्वय अमृत अर्याल, भीम पराजुली, प्रदेश १ का सभापति उद्धव थापा, नेता हिमाल कार्की र केदार कार्की संसदीय दलको नेता बन्ने दौडमा छन् । 

प्रदेश १ मा प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी कांग्रेससँग २९ जना सांसद छन्  । जसमा देउवा पक्षका १२, सिटौला निकट ९ र कोइराला पक्षका ८ जना सांसद छन् ।

देउवा पक्षबाट अर्याल, पराजुली, थापा र कार्कीले दलको नेता बन्ने चाहना राखेका छन् । अर्याल र कार्की सभापति देउवा लाइनका हुन् भने पराजुली र थापा नेता कृष्णप्रसाद सिटौलासँग नजिक छन् ।

प्रदेश १ को आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका केदार कार्की शेखरनिकट मानिन्छन् । प्रदेश १ मा दलको नेताका लागि अर्याल र थापाबीच मुख्य प्रतिस्पर्धा छ । अर्याललाई नेता शेखर कोइरालाले साथ दिने सङ्केत दिएका छन् भने थापालाई देउवा पक्षकै केही नेताको दरिलो साथ छ ।

देउवा–सिटौला पक्ष

अमृत अर्याल

हिमाल कार्की

सदानन्द मण्डल

इसाइल मन्सुरी

खगेनसिंह हाङ्गाम

प्रदिपकुमार सुनुवार

गोल्मा तामाङ

लीलाकुमारी राई

मैया श्रेष्ठ

सुनिता गच्छदार

सुनिताकुमारी गुरुङ

ममता मगर तामाङ

उद्धव थापा

भीम पराजुली

भूमिप्रसाद राजवंशी

भूपेन्द्र राई

खगेश्वरी पौडेल

मोहन महर्जन

शोभा चेम्जोङ पालुङ्वा

लेखीकुमारी गणेश 

गोपाल तामाङ 

कोइराला–थापा पक्ष

केदार कार्की

शमशेर राई

रामकुमार खत्री

इन्दिरा थापा

विनोद राई

मानबहादुर लिम्बू

गोविन्द गिरी

गयानन्द मण्डल 

मधेसमा यादवद्वय भिड्ने तयारीमा

मधेस प्रदेशमा कांग्रेसभित्र संसदीय दलमा देउवा पक्षको बुहमत देखिएको छ । मधेस प्रदेशमा कांग्रेसका २२ जना सांसदमा नेता विमलेन्द्र निधि र कोइराला पक्ष एक ठाउँमा आउँदा पनि देउवा पक्षकै पल्लाभारी देखिन्छ । निधिसँग ५ र कोइरालासँग ३ जना मात्र सांसद देखिन्छन् ।

संसदीय दलमा मधेस प्रदेशका सभापति कृष्ण यादव र नेता रामसरोज यादवबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । निधिले रामसरोज र सहमहामन्त्री महेन्द्र यादवले कृष्णलाई संसदीय दलको नेता बनाउने लबिङ गरिरहेका छन् । प्रदेश उपसभापति वीरेन्द्र सिंह र जिल्ला सभापति जनार्दन क्षेत्री पनि संसदीय दलको नेताका आकाङ्क्षी छन् ।

देउवा–निधि पक्ष

सञ्जयकुमार महतो

रामसरोज यादव

रेखा ठाकुर

अञ्जना पण्डित 

कुमारकान्त झा

शेष नारायण यादव

कृष्णप्रसाद यादव 

सुनिलकुमार यादव

शंकरप्रसाद चौधरी

नागेन्द्र साह

मोहम्मद समिम

जंगीलाल राय

कौशल किशोर राय

इन्दुकुमारी साह (सुडी तेली)

सकुन्तलादेवी महरा

मिना कुमारी लामा

जिवछीकुमारी यादव

नुरुन नेसा 

कोइराला–थापा पक्ष

जनार्दन सिंह क्षेत्री

श्यामप्रसाद पटेल

निलम रजक

वीरेन्द्रप्रसाद सिंह

बानियाँ र लामाको चर्चा

बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेताका लागि देउवा पक्षमै रस्साकस्सी देखिएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुरसिंह लामाबीच प्रतिस्पर्धा हुने देखिन्छ । 

सभापति देउवाका विश्वास पात्र बानियाँ र प्रवक्ता प्रकाशशरण महत निकट लामा संसदीय दलको नेताका लागि तीव्र लबिङमा छन् । बानियाँलाई नेता प्रकाशमान सिंह र महामन्त्री गगन थापाको समर्थन देखिन्छ भने लामालाई महतका साथै सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’को दरिलो साथ छ । बागमती प्रदेशमा देउवा पक्षका २४, सिंह ९ जना गरी संस्थापन पक्षसँग ३२ जना सांसद छन् ।

कोइराला–थापा समूहका ५ सांसद छन् । बानियाँ र लामाबीचको प्रतिस्पर्धामा हुँदा देउवा पक्ष दुई भागमा विभाजित हुने छ भने सिंह र थापाको साथ पाउनेको पल्लाभारी हुने देखिन्छ ।

देउवा–सिंह पक्ष

विमल ठकुरी

श्याम बहादुर खड्का

प्रभात तामाङ

बहादुर सिंह लामा

इन्द्र बहादुर बानियाँ

कृष्णकुमार तामाङ (समीर)

मसिना खड्का

तीर्थ लामा

रामकृष्ण चित्रकार

मुदुकुमार श्रेष्ठ

गोविन्द लम्साल

छेत्र बहादुर बम्जन

रमेश महत

पुकार महर्जन

कुन्दन राज काफ्ले

रामकुमार पहाडी

उर्मिला नेपाल

बिनु रायमाझी पौडेल

शिवराज अधिकारी

लक्ष्मी देवी श्रेष्ठ

गीता गुरुङ

माया श्रेष्ठ

मिना पोखरेल

दीपेन्द्र श्रेष्ठ

कञ्चन चन्द्र बादे

मीनकृष्ण महर्जन

हरिप्रभा खड्गी

छिरिङ दोर्जे लामा

सुरजचन्द्र लामिछाने

समिता खड्गी श्रेष्ठ

यमुनादेवी श्रेष्ठ

सुना परियार

कोइराला–थापा पक्ष

श्रीराम लामिछाने

उत्तम जोशी

सुरेश श्रेष्ठ

याङ्किला शेर्पा रुइत

शान्ता ढकाल

गण्डकीमा पाण्डेलाई जिसीको चुनौती

गण्डकी प्रदेशको संसदीय दलमा कांग्रेसभित्रको गुटगत प्रतिस्पर्धा हुने छ । सभापति देउवा र शेखर–गगन पक्षबीच दलको नेतामा प्रतिस्पर्धा हुने देखिन्छ । गण्डकी प्रदेशमा संसदीय नेता चयनमा अङ्कगणितले टक्कर देखाउँछ । देउवा र कोइराला–थापा पक्षबीच चुनाव हुँदा रामचन्द्र पौडेल र शशाङ्क कोइरालाको भूमिका निर्णायक हुने छ ।

कोइराला– थापा समूहमा रामचन्द्र पौडेल, शशाङ्क कोइराला उभिए देउवा पक्षका सुरेन्द्रराज पाण्डेलाई चुनाव जित्न कठिन हुन सक्छ । त्यसमध्ये एक जना मात्र पाण्डेको पक्षमा उभिए अङ्कगणित दायाँ–बायाँ हुने पक्का छ ।

कोइराला–थापा पक्षबाट पाण्डेलाई मेहन्द्रध्वज जिसीले चुनौती दिने सम्भावना बलियो छ । यद्यपि यो समूहबाट भोजराज अर्याल पनि संसदीय दलको नेताको तयारीमा छन् । गण्डकी प्रदेशमा नेपाली कांग्रेस मुस्ताङका जिल्ला सभापति रोमी गौचन थकालीको भूमिका निर्णायक हुने देखिन्छ । गौचनले २–३ जना सांसद तलमाथि गराउने सक्ने सम्भावना देखिन्छ ।

मुस्ताङबाट निर्वाचित नम्डु गुरुङ र विकल शेरचनको मत रोमीको हातमा छ । उनले थप एक–दुई जना पनि दायाँ–बायाँ गराउन सक्ने कांग्रेसमा चर्चा छ । रोमीले पाण्डेलाई साथ दिए देउवा पक्षमा १५ र कोइराला–थापा पक्षमा १२ जना सांसदको अवस्था छ ।

देउवा पक्षले आफ्नो दाबी गरेका जीतप्रकाश आलेको मत नेता पौडेलले दायाँ बायाँ गराउने सम्भावना पनि छ । त्यस्तो अवस्थामा रोमी पनि कोइराला–थापा पक्षमा उभिँदा पाण्डेलाई चुनौती थपिने देखिन्छ ।

देउवा पक्ष 

सुरेन्द्रराज पाण्डे

सरस्वती अर्याल तिवारी 

बिन्दुकुमार थापा

जित प्रकाश आले मगर

टक राज गुरुङ

जीतबहादुर शेरचन

दोर्ण कुँवर

मुनीन्द्र जङ गुरुङ

दीपेन्द्रबहादुर थापा

दिलमाया पौबी 

विमला गौचन

सरस्वती गुरुङ 

चम्पादेवी खड्का 

नम्डु गुरुङ

विकल शेरचन

कोइराला–थापा पक्ष

महेन्द्रध्वज जीसी

प्रकाश बराल 

नन्दप्रसाद न्यौपाने

अशोककुमार श्रेष्ठ

भेषबहादुर पौडेल

डिल्लीराम सुबेदी

भोजराज अर्याल

महेश भट्टराई

टीकाकुमारी बस्याल

कल्पना तिवारी 

रेखा गुरुङ

पार्वती तामाङ 

लुम्बिनीमा देउवा पक्षमै भिडन्तको सङ्केत

कांग्रेसभित्र लुम्बिनी प्रदेश संसदीय दलमा देउवा पक्षको वर्चश्व देखिएको छ । पार्टीको प्रदेश अधिवेशनमा जबरजस्त उपस्थिति जनाएको कोइराला–थापा पक्ष प्रदेशसभा निर्वाचनमा निकै खुम्चिएको छ । कोइराला पक्षनिकट लुम्बिनी प्रदेश सभापति अमर पुन नै रोल्पाबाट प्रदेशसभा सदस्यमा पराजित भए । २७ सदस्यीय संसदीय दलमा कोइराला–थापा पक्ष ६ जनामा सीमित भएको छ । 

त्यसैले लुम्बिनीमा संसदीय दलको नेताका लागि देउवा पक्षभित्रै रस्साकस्सी हुने देखिएको छ । देउवा पक्षबाट डिल्लीबहादुर चौधरी, राजु खनाल र अब्दुल रज्जाक संसदीय दलको दौडमा देखिन्छन् । यस्तै कोइराला पक्षले समूहगत उपस्थितिका लागि वीरबहादुर रानालाई संसदीय दलमा उठाउने छ ।

देउवा पक्ष

डिल्लीबहादुर चौधरी

राजु खनाल

अनुराग खड्का

बादशाह कुर्मी

अब्दुल रज्जाक

बसिउदिन खा

घनेन्द्र कार्की

घनबहादुर केसी

सरोज थापा

जन्मजय तिमल्सेना

देवकरण कलावार 

वैजनाथ कलवार

धनलक्ष्मी श्रेष्ठ

माया पुन

जमुना ढकाल 

मालति सोढार 

देवीप्रसाद चौधरी 

सन्जु कमारी चौधरी

लोक कुमारी बिक

सुसिला वादी 

निमा कुमारी सिद्धिकी

कोइराला–थापा

वीर बहादुर राना

विश्व प्रेम पाठक

प्रचण्ड विक्रम न्यौपाने

भुनेवस्वर चौधरी 

निमा गिरि 

सुधाखर पाण्डे 

कर्णालीमा दुई शाहीको दाबी

कर्णाली प्रदेशमा सभापति देउवा पक्षको वर्चश्व देखिन्छ । प्रदेशसभाका १४ जनामा १२ जना देउवा पक्षका छन् । कर्णालीमा देउवा पक्षका जीवनबहादुर शाही र राजीवविक्रम शाही संसदीय दलको मुख्य दाबेदार देखिएका छन् ।

कर्णालीमा उपसभापति पूर्णबहादुर खड्काको रोजाइमा पर्ने सांसद संसदीय दलको नेता बन्ने देखिन्छ । खड्काले जीवन र राजीव मध्ये कसलाई रोज्छन् प्रस्ट भएको छ ।

देउवा पक्ष

जीवनबहादुर शाही

राजीव विक्रम शाही

बेदराज सिंह 

घनश्याम भण्डारी

पूर्णबहादुर खत्री

सुरेश अधिकारी 

जानकी सिंह

हिकमत बहादुर विष्ट

खड्ग बहादुर पोखरेल

विजया बुढा

लक्ष्मी सुनार

बलिमाया बुढा

कोइराला–थापा पक्ष

कृष्णकुमार बिसी

इन्द्राकुमारी शाही

सुदूरमा ४ जना आकाङ्क्षी

देउवाको गृहप्रदेश सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १९ जना सांसद मध्ये १६ जना उनी पक्षका सांसद छन् । यहाँ देउवा पक्षकै मेघराज खड्का, बहादुरसिंह थापा, शिवराज भट्ट र प्रकाश देउवा गरी ४ जना संसदीय दलको नेताका आकाङ्क्षी देखिन्छन् । 

देउवा पक्ष

प्रकाशबहादुर बम

प्रकाश देउवा

बहादुरसिंह थापा 

बेलबहादुर राना मगर 

मेघराज खड्का

मानबहादुर रावल

पृथ्वीबहादुर सिंह

शिवराज भट्ट 

विक्रमसिंह धामी

पदमबहादुर शाही

ललिता सुनार

मधु भारती

सरस्वती खड्का

डम्बरी महरा 

तुलसी देवकोटा 

गीताकुमारी चौधरी

कोइराला–थापा पक्ष

दीवानसिंह बिष्ट

कमलबहादुर शाह

जुना दानी

(प्रदेश १ बाट अर्जुन आचार्य, बागमतीबाट गणेश दुलाल, लुम्बिनीबाट तेजेन्द्र केसी, कर्णालीबाट पंखबहादुर शाहीको सहयोगमा सामग्री तयार पारिएको हो)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप